गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
३२० हेरिएको
Shares
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न

सारांश

  • हल्दीबारी, झापा ।
  • झापाको हल्दीबारी गाउँपालिका १ स्थित गोलधाप बजारमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि एकदिने जनचेतनामूलक कार्यक्रम तथा लार्भा खोजी नष्ट अभियान सम्पन्न भएको छ।
  • हल्दीबारी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं.

हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिका १ स्थित गोलधाप बजारमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि एकदिने जनचेतनामूलक कार्यक्रम तथा लार्भा खोजी नष्ट अभियान सम्पन्न भएको छ।


हल्दीबारी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, वडा नं. १ का स्वास्थ्य प्रमुख यामप्रसाद नेउपाने, स्वास्थ्यकर्मी बालकुमार प्रधान, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गोलधाप प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


कार्यक्रमअन्तर्गत गोलधाप बजार क्षेत्रका विभिन्न पसल, होटल तथा अन्य स्थानमा निरीक्षण गरी पानी जम्ने भाँडा, टायर, ड्रम तथा डेङ्गी फैलाउने लामखुट्टेको लार्भा हुर्कन सक्ने सम्भावित स्थानहरूको खोजी गरिएको थियो। निरीक्षणका क्रममा फेला परेका लार्भाहरू नष्ट गर्नुका साथै स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई घर तथा व्यवसायिक स्थल वरपर पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र डेङ्गीबाट बच्ने उपायबारे सचेतना प्रदान गरिएको थियो।


कार्यक्रममा सहभागी वक्ताहरूले डेङ्गी रोग नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो घर तथा आसपासको वातावरण सफा राख्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?