वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
सोमबार, बैशाख २१, २०८३
|
|
३५१ हेरिएको
Shares

सारांश

  • झापा ।
  •   हल्दिबारी गाउँपालिका वडा नं.
  • १ मा आयोजित प्रथम हल्दिबारी वडा अध्यक्ष कप २०८३ हिजो २० गते बाट औपचारिक रूपमा सुरु भएको छ।

झापा ।  हल्दिबारी गाउँपालिका वडा नं. १ मा आयोजित प्रथम हल्दिबारी वडा अध्यक्ष कप २०८३ हिजो २० गते बाट औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेल वडा नं. १ र वडा नं. ३ बीच सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रम आयोजक समितिका अध्यक्ष तथा वडा नं. १ का खेलकुद संयोजक प्रकाश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नं. ४ का वडाध्यक्ष तथा खेलकुद संयोजक सन्त कुमार थापा, वडा नं. १ का वडाध्यक्ष देवि बहादुर थापा, वडा नं. ५ का वडाध्यक्ष खड्क लावती वडा नं २ का वडा अध्यक्ष  सुकलाल राजबंसी , वडा नं ३ का वडा अध्यक्ष विष्णु ओलि लगायत जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ संस्थामा आवद्ध सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी अतिथिहरूलाई स्वागत गरिएको थियो भने स्वागत मन्तव्य आयोजक समितिका उपाध्यक्ष सुमन गुरुङले व्यक्त गरेका थिए। उनले सहभागी खेलाडीहरूलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको कामना व्यक्त गरे। त्यसैगरी वडा नं. ४ का वडाध्यक्ष सन्त कुमार थापाले खेलाडीहरूलाई शुभकामना दिँदै आगामी पालिका स्तरीय प्रतियोगिताका लागि यही प्रतियोगिताबाट खेलाडी छनोट गरिने जानकारी दिएका थिए।

प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देनले खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलाडीहरूलाई उत्साह प्रदान गरेका थिए।

खेलतर्फ, उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। खेलको चौथो मिनेटमै वडा नं. ३ का विक्रम पुरीले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि वडा नं. १ ले खेलमा पकड जमाउन संघर्ष गरिरहेको अवस्थामा २० औं मिनेटमा अरुण राईले सानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

हाफ टाइमपछि दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए। खेलको ५५ औं मिनेटमा वडा नं. १ का जर्सी नं. ७ का रोचक राईले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि ७३ औं मिनेटमा जर्सी नं. १३ का मन्जील लिम्बुले थप एक गोल गर्दै स्कोर ३–१ पुर्‍याएका थिए।

निर्धारित समयपछि थप गरिएको ४ मिनेटको समयमा पनि वडा नं. ३ ले गोल फर्काउन नसक्दा खेल वडा नं. १ ले ३–१ को स्पष्ट अन्तरले जित हात पारेको थियो।

उक्त खेलको ‘म्यान अफ द म्याच’ वडा नं. १ का खेलाडी अरुण राई घोषित भएका थिए। कार्यक्रमको सञ्चालन सचिव मनाहाङ लिम्बुले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?