पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
११२ हेरिएको
Shares
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या

सारांश

  • इस्लामवाद, फागुन २९ ।
  • पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।
  • सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्।

इस्लामवाद, फागुन २९ । पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।

सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए) ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।

सेनाले त्यस क्षेत्रमा थप क्षति हुन नदिनका लागि सर्च अभियान चलाइरहेको जनाएको छ। सेनाका प्रवक्ताकै अनुसार अपहरणमा परेको रेलमा चार सय ४० जना यात्रु सवार थिए। सेनाले केही विद्रोही सेनाले यात्रु समेत लिएर पहाडी क्षेत्रमा गएको हुनसक्ने बताएको छ। आक्रमणको समयमा भागाभाग गर्ने क्रममा हराएका यात्रुको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

बिएलए स्वतन्त्र बलुचिस्तानको माग गर्दै सङ्घर्ष गर्दै आएको समूह हो। सो समूहले त्यस क्षेत्रमा रहेको खनिजको श्रोतलाई सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ।

यसअघि पनि सो समूहले धेरै स्थानमा आक्रमण गरेको थियो। रेल कब्जामा लिएको घटना भने यो पहिलो हो। ४८ घण्टामा बालोचका राजनीतिक बन्दीलाई रिहा नगरे आफूले बन्दी बनाएकाको ज्यान लिने चेतावनी उनीहरूले दिएको थिए। उनीहरूले रेलबाट बन्दी बनाएका मध्य करिब सय जना सेना रहेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश

तपाईंले छुटाउनुभयो कि?