हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, आषाढ १६, २०८३
|
|
१९० हेरिएको
Shares
हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट

सारांश

  • झापा ।
  • डेङ्गी संक्रमणको जोखिम बढ्दै गएपछि हल्दीबारी गाउँपालिका २ स्थित हल्दीबारी बजार क्षेत्रमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि व्यापक सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
  • अभियानअन्तर्गत लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्यसमेत गरिएको हो।

झापा । डेङ्गी संक्रमणको जोखिम बढ्दै गएपछि हल्दीबारी गाउँपालिका २ स्थित हल्दीबारी बजार क्षेत्रमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि व्यापक सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्यसमेत गरिएको हो।

वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी, प्रहरी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, योजना शाखा प्रमुख राजन न्यौपाने, महिला स्वास्थ्य स्वयंसेविका, हल्दीबारी प्रहरी चौकीका प्रहरी तथा रेडक्रस उपशाखा हल्दीबारीका सभापति कर्णाखर प्रसाईलगायत सहभागी थिए।

अभियानका क्रममा बजार क्षेत्रका घर, पसल तथा सार्वजनिक स्थानहरूको अनुगमन गर्दै पानी जम्न सक्ने भाँडा, पुराना टायर, गमला, ड्रम, कुलरलगायतका स्थानमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको थियो। साथै स्थानीयवासीलाई घर तथा वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र डेङ्गीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले डेङ्गी नियन्त्रणका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रत्येक नागरिकले आफ्नो घर तथा वरपर नियमित निरीक्षण गरी लामखुट्टे हुर्किन सक्ने सम्भावित स्थानहरू हटाउनुपर्नेमा जोड दिए।

वडा अध्यक्ष शुकलाल राजवंशीले डेङ्गी नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियान आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने बताए।
अभियानमा सहभागी सरोकारवाला निकाय तथा स्थानीयवासीले डेङ्गी नियन्त्रणका लागि सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता

तपाईंले छुटाउनुभयो कि?