हल्दीबारी जेसीजको अर्को गौरवपूर्ण सफलता, क्विज प्रतियोगितामा तेस्रो
सारांश
- झापा ।
- झापाको सुरुङ्गा जेसीजद्वारा आयोजित क्विज प्रतियोगितामा हल्दीबारी जेसीजले तेस्रो स्थान हासिल गर्दै अर्को गौरवपूर्ण सफलता हात पारेको छ।
- झापाभरिका राष्ट्रिय उपाध्यक्ष तथा Assigned VP का रूपमा जिम्मेवारी पाउनुभएका जेसी अनिश भट्टराईका शाखाहरूमध्ये हल्दीबारी जेसीजले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको हो।
झापा । झापाको सुरुङ्गा जेसीजद्वारा आयोजित क्विज प्रतियोगितामा हल्दीबारी जेसीजले तेस्रो स्थान हासिल गर्दै अर्को गौरवपूर्ण सफलता हात पारेको छ।

झापाभरिका राष्ट्रिय उपाध्यक्ष तथा Assigned VP का रूपमा जिम्मेवारी पाउनुभएका जेसी अनिश भट्टराईका शाखाहरूमध्ये हल्दीबारी जेसीजले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको हो।
जेसी नितेश खरेलको नेतृत्वमा रहेको हल्दीबारी जेसीजका पदाधिकारीहरूले प्रतियोगितामा प्रभावकारी प्रदर्शन गरेका थिए। प्रतियोगितामा हल्दीबारी जेसीजका कार्यकारी उपाध्यक्ष जेसी प्रयुष पौडेल, कोषाध्यक्ष जेसी भीमप्रसाद भट्टराई र शाखा सम्पादक जेसी नवीन के. भट्टराईले सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरे।

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेसँगै हल्दीबारी जेसीजले आफ्नो शाखाको नाम झापा जिल्लाभर थप उचाइमा पुर्याउन सफल भएको शाखाले जनाएको छ।
कार्यक्रममा हल्दीबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेल स्वयं अतिथिका रूपमा उपस्थित भएका थिए।

उनको नेतृत्वमा शाखाले निरन्तर प्रभावकारी गतिविधि तथा उपलब्धि हासिल गर्दै आएको जनाइएको छ।
क्विज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीनै जना पदाधिकारीलाई हल्दीबारी जेसीजले बधाई तथा शुभकामना व्यक्त गरेको छ। शाखाका अनुसार यो सफलता तीन जना पदाधिकारीको मात्र नभई सम्पूर्ण हल्दीबारी जेसीज परिवारको गौरव हो।

हल्दीबारी जेसीजले आगामी दिनमा पनि युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा विभिन्न रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै शाखाको पहिचानलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया