२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, माघ २३, २०८२
|
|
१०६६ हेरिएको
Shares
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि

सारांश

  • हल्दिबारी झापा ।
  • हल्दिबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा खेल मैदानमा सम्पन्न प्रथम वडा स्तरीय T10 क्रिकेट प्रतियोगिता भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
  • आयोजक समितिका सम्योजक टंक ब लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं ४ ले वडा नं ३ लाई २९ रनले पराजित गर्दै ऐतिहासिक च्याम्पियन बन्न सफल भएको हो।

हल्दिबारी झापा । हल्दिबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा खेल मैदानमा सम्पन्न प्रथम वडा स्तरीय T10 क्रिकेट प्रतियोगिता भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। आयोजक समितिका सम्योजक टंक ब लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं ४ ले वडा नं ३ लाई २९ रनले पराजित गर्दै ऐतिहासिक च्याम्पियन बन्न सफल भएको हो।


टस हारेर पहिले ब्याटिङ गरेको वडा नं ४ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १३२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। १३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वडा नं ३ ले राम्रो प्रयास गरे पनि निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १०४ रन मात्र बनाउन सक्यो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का टंक बहादुर लिङ्गदेन ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। यस्तै, उत्कृष्ट बलिङ प्रदर्शन गर्दै वडा नं ४ का आशिशहाङ्ग लिम्बू ‘बेस्ट बलर अफ द टुर्नामेन्ट’ बन्न सफल भए भने उत्कृष्ट ब्याटिङका लागि हल्दिबारी वडा नं १ का रमेश बिमली ‘बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट’ घोषित भए।


विजेता वडा नं ४ टिमलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ तथा उपविजेता वडा नं ३ टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद १२ हजार रुपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली रहनुभएको थियो। विशिष्ट अतिथिमा वडा नं ४ का अध्यक्ष तथा खेलकुद संयोजक सन्त कुमार थापा, वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ओली, वडा नं ४ का वडा सदस्य सुरेन्द्र बाराकोटि, हल्दिबारी जेसीज अध्यक्ष नितेश खरेल, संस्थापक अध्यक्ष युनिता दवाडी तथा जलथल खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो। प्रमुख तथा विशिष्ट अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

प्रतियोगितामा वडा नं ४ का खेलाडीहरूको अनुशासित खेल, उत्कृष्ट टिमवर्क र प्रभावकारी नेतृत्वको सबैले खुलेर प्रशंसा गरेका थिए। यस सफल प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाहरूको उत्साह अभिवृद्धि तथा वडा नं ४ को खेल पहिचानलाई थप मजबुत बनाएको आयोजक पक्षको भनाइ छ। वडा नं ४ का खेलाडी तथा कार्यक्रम सञ्चालक योगेश कार्कीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?