हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
सोमबार, पौष २८, २०८२
|
|
६५३ हेरिएको
Shares
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात

सारांश

  • हल्दिबारी, झापा ।
  • हल्दिबारी गाउँपालिकामा १६ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।
  • आज सोमबारदेखि हल्दिबारी १, गोलधापस्थित जन जागृति माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालनमा आएको हो।

हल्दिबारी, झापा । हल्दिबारी गाउँपालिकामा १६ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। आज सोमबारदेखि हल्दिबारी १, गोलधापस्थित जन जागृति माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालनमा आएको हो।

गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेनले पानसमा दीप प्रज्वलन गरी गरेका औपचारिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन अध्यक्ष लिङदेनले शिक्षासँगै खेलकुद विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि अत्यन्तै आवश्यक रहेको बताएका थिए । उनले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

पौष ३० गतेसम्म चल्ने यस प्रतियोगितामा हल्दिबारी पालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा कक्षा ८ देखि १२ सम्म अध्ययनरत छात्र छात्राहरूबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा भलिबल, कबड्डी, १००, २००, ३००, ४००, ८००, १५०० र ३००० मिटर दौड, मिनी रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याम्लिङ थ्रो, सटपुट तथा कराते लगायतका खेलहरू समावेश गरिएका छन्। प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।


उद्घाटन कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक सन्तकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, समिति सचिव रामबहादुर दाहाल, वडाध्यक्ष देवीबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा गाउँपालिका अध्यक्ष लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर प्राखिन तथा नेकपा एमाले हल्दिबारी अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन १६ औ राष्ट्र्पति रनिङसिल्ड हल्दीबारीका मुल आयोजक समिती एवम अभिलेख व्यावस्थापन समिती सम्योजक , झमक तिम्सिनाले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2