हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, श्रावण ३१, २०८३
|
|
२६४ हेरिएको
Shares

सारांश

  • ग्रामिण क्षेत्रका पत्रकारहरूको साझा संस्थाका रूपमा रहेको ग्रामिण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  • हल्दिबारीमा आयोजित कार्यक्रममा ग्रामिण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो।
  • कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र र नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

ग्रामिण क्षेत्रका पत्रकारहरूको साझा संस्थाका रूपमा रहेको ग्रामिण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

हल्दिबारीमा आयोजित कार्यक्रममा ग्रामिण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र र नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा स्थानीय तहको विकास, सेवा प्रवाह तथा समसामयिक विषयमा सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत वन महेन्द्रले जवाफ दिनुभएको थियो। स्थानीय तहको विकासमा पत्रकारिताको भूमिका, सञ्चारकर्मीको जिम्मेवारी तथा पत्रकारिता क्षेत्रका विविध सवालबारे उठेका प्रश्नको नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष गिरीले स्पष्ट पार्नुभएको थियो।

करिब ४० जनाको सहभागिता रहेको कार्यक्रममा १४ जनाले स्थानीय तहको विकास र पत्रकारितासँग सम्बन्धित आफ्ना प्रश्न तथा जिज्ञासा राखेका थिए। कार्यक्रममा हल्दिबारी गाउँपालिकाभित्र क्रियाशील राजनीतिक दल, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, स्थानीयवासी, शिक्षक, सञ्चारकर्मी तथा झापाका अन्य स्थानीय तहमा रहेका प्रेस क्लबका अध्यक्ष र सदस्यहरूको समेत सहभागिता रहेको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन ग्रामिण प्रेस क्लबका महासचिव हैकमराज घिसिङले गर्नुभएको थियो भने अन्तरक्रिया सत्रको सहजीकरण सञ्चारकर्मी लोकेन्द्र थपलियाले गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?