विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१३३ हेरिएको
Shares
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

सारांश

  • रत्ननगर, चैत २६ ।
  • पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ ।
  • नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो ।

रत्ननगर, चैत २६ । पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो । विद्युतको सही प्रयोग, चोरी नियन्त्रण र दुर्घटनाबाट जोगिन सार्वजनिक अपील गर्दै प्रभातफेरी निकालिएको वितरण केन्द्रका इन्जिनियर प्रदिप पौडेलले जानकारी दिए ।

प्रभातफेरीमा मुल व्यानरमा प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित प्रयोग गरौं, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्नेको साँचो, सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा लगायतका लगायतका नारा लेखेका थिए ।

प्रभातफेरी पछि वितरण केन्द्रमा आयोजित कार्यक्रममा इन्जिनियर पौडेलले अहिले लोडसेडिङ नरहेको स्पष्ट पारेका छन् । प्रसारण लाइन सुधारको काम भइरहेकाले विजुली काटिएको भन्दै उनले लोडसेडिङ नभएको बताए ।

“लो भोल्टेजको समस्या अन्त्य गर्न प्रसारण लाइन सुधारको काम भइरहेको छ उनले भने, यो लोडसेडिङ होइन ।” उनले असार सम्म प्रसारण लाइन सुधारको काम जारी रहने भएकाले त्यो बेला सम्म समय समयमा लाइन जाने बताए । प्रभातफेरीमा प्रशासन प्रमुख मुक्तिकुमारी भट्टराई सहित अन्य विभागिय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
हल्दीबारी ४ मा वडा स्तरीय  टि १० लिग कम आज बाट सुरुवात संगै ३ खेल सम्पन्न
हल्दीबारी ४ मा वडा स्तरीय टि १० लिग कम आज बाट सुरुवात संगै ३ खेल सम्पन्न
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक
हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

तपाईंले छुटाउनुभयो कि?