हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, माघ २१, २०८२
|
|
४३६ हेरिएको
Shares
हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक

सारांश

  • हल्दीबारी झापा ।
  • हल्दिबारी गाउँपालिका वडा नं.
  • ४ स्थित पाथिभरा खेल मैदानमा मिति २०८२/१०/२० गते बाट सञ्चालन भएको वडा स्तरीय T10 क्रिकेट प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ।

हल्दीबारी झापा । हल्दिबारी गाउँपालिका वडा नं. ४ स्थित पाथिभरा खेल मैदानमा मिति २०८२/१०/२० गते बाट सञ्चालन भएको वडा स्तरीय T10 क्रिकेट प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ। आज भएको दोश्रो दिनको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक र उत्साहजनक देखिएका छन्।


आज सम्पन्न पहिलो खेल हल्दिबारी वडा नं. ५ र वडा नं. ४ बीच भएको थियो, जसमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ४ विजयी हुन सफल भयो। त्यसैगरी दोस्रो खेलमा वडा नं. ३ र वडा नं. ४ आमनेसामने हुँदा पनि वडा नं. ४ ले आफ्नो दबदबा कायम राख्दै लगातार दोस्रो जित दर्ता गर्‍यो।
आजको तेस्रो खेल वडा नं. १ र वडा नं. ५ बीच सम्पन्न भयो, जसमा वडा नं. १ ले जित हासिल गर्‍यो। त्यसपछि भएको चौथो खेल वडा नं. ३ र वडा नं. ५ बीच खेलिएको थियो, जसमा वडा नं. ३ विजयी बन्यो।


हालसम्म सम्पन्न खेलहरूमा वडा नं. ४ ले तीनवटै खेल जित्दै ६ अङ्कसहित अङ्क तालिकाको शिर्ष स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ। वडा नं. ४ को निरन्तर उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई अझै रोमाञ्चक बनाएको आयोजकले बताएका छन्।
प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने दर्शकहरूको उल्लेखनीय उपस्थितिले पाथिभरा खेल मैदानलाई अझै जीव्त र उल्लासमय बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?