हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, पौष २९, २०८२
|
|
७५१ हेरिएको
Shares
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि

सारांश

  • सम्राट अधिकारी – हल्दीबारी, झापा ।
  • स्थानीय तह स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत हल्दीबारी गाउँपालिका वडा नं.
  • १ स्थित जनजागृति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको खेलाडी छनौट प्रतियोगिताको दोश्रो दिनको नतिजा सार्वजनिक गरिएको छ।

सम्राट अधिकारी –

हल्दीबारी, झापा । स्थानीय तह स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत हल्दीबारी गाउँपालिका वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको खेलाडी छनौट प्रतियोगिताको दोश्रो दिनको नतिजा सार्वजनिक गरिएको छ।


पौष २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता पौष ३० गतेसम्म तीन दिन चल्नेछ। प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको छ।
दोश्रो दिनसम्मको पदक तालिका अनुसार जनजागृति माध्यमिक विद्यालय ७ स्वर्ण, ७ रजत र ५ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ भने हल्दीबारी माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै तेस्रो स्थानमा उक्लिएको छ।


संस्थागत विद्यालयतर्फ गोलधाप सन साइन्स ले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ। चिल्ड्रेन गार्डेन अंग्रेजी मावि ले ३ स्वर्ण, ५ रजत र २ कास्य, सिग्मा अंग्रेजी मावि ले ३ स्वर्ण, २ रजत र ३ कास्य तथा केनरी एकेडेमी ले १ स्वर्ण र ७ कास्य पदक हात पारेका छन्।
त्यसैगरी जसोदा अंग्रेजी मावि ले १ रजत र ३ कास्य, कृष्णसागर अंग्रेजी मावि ले २ रजत र ३ कास्य, चिल्ड्रेन गार्डेन एकेडेमी ले १ स्वर्ण र १ कास्य, पञ्चायत माध्यमिक विद्यालय ले १ कास्य तथा संस्कार शिक्षा सदन ले १ कास्य पदक प्राप्त गरेका छन्।


हालसम्म विभिन्न खेल प्रतिस्पर्धाबाट ३० स्वर्ण, २९ रजत र ४० कास्य पदक वितरण भइसकेको आयोजकले जनाएको छ।


भोलि अन्तिम दिन छात्र–छात्राको कबडी र भलिबल फाइनल तथा बिहान ७ बजे ३००० मिटर दौडको फाइनल प्रतियोगिता हुने कार्यक्रम तय गरिएको छ। सोही दिन प्रतियोगिताको औपचारिक समापनसँगै उत्कृष्ट विद्यालय र खेलाडीलाई मेडल तथा ट्रफी प्रदान गरिनेछ।


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समन्वय समितिका संयोजक तथा हल्दीबारी ४ का वडाध्यक्ष सन्त कुमार थापा का अनुसार प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि प्रशिक्षण तथा बन्द शिविरमार्फत तयारी गराइनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?