लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, फाल्गुन २, २०८२
|
|
३७१ हेरिएको
Shares
लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित

सारांश

  • हल्दीबारी।
  • लक्ष्मी माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोह भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ।
  • हल्दिबारी गाउँपालिका–३ मा अवस्थित उक्त विद्यालयले आफ्नो वार्षिक उत्सव विविध कार्यक्रमसहित मनाएको हो।

हल्दीबारी। लक्ष्मी माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोह भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिका–३ मा अवस्थित उक्त विद्यालयले आफ्नो वार्षिक उत्सव विविध कार्यक्रमसहित मनाएको हो।

समारोहका अवसरमा विद्यालयकी पूर्व बिधार्थी तथा हाल संचार क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेकी देविका अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो। हाल हल्दिबारी गाउँपालिकाकी पत्रकार संयोजकको जिम्मेवारी सम्हाल्दै आएकी अधिकारी शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनामूलक अभियानहरूमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी व्यक्तित्वका रूपमा परिचित छिन्।

कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद महत्तोले अधिकारीलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए। सम्मान ग्रहण गर्दै अधिकारीले आफूले अध्ययन गरेको विद्यालयबाट नै सम्मानित हुन पाउनु गर्व र थप जिम्मेवारीको विषय भएको प्रतिक्रिया दिइन।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले अधिकारीको समर्पण, सक्रियता र समाजप्रतिको उत्तरदायित्वलाई प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि उहाँबाट यस्तै योगदानको अपेक्षा गरिएको बताए।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

अधिकारीको आगामी यात्रामा अझ ठूलो सफलता, प्रतिष्ठा तथा निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
चिल्ड्रेन गार्डेन हल्दीबारी ३ मा अभिषेक खतिवडाको नेतृत्वमा पूर्व विद्यार्थीहरूको तदर्थ समिति गठन
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण
सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन

तपाईंले छुटाउनुभयो कि?