हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
सोमबार, श्रावण २५, २०८३
|
|
१७८ हेरिएको
Shares
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने

सारांश

  • झापा ।
  • हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक विद्युतीय सामग्री खरिद गर्न दररेट माग गरेको छ।
  • गाउँपालिकाको कार्यालय जलथल, झापाले सूचना जारी गर्दै इच्छुक फर्म, व्यवसायी तथा संस्थाहरूलाई कार्यालयमा सूचीकृत भई ७ दिनभित्र आवश्यक सामग्रीको दररेट उपलब्ध गराउन आग्रह गरेको हो।
  • झापा । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक विद्युतीय सामग्री खरिद गर्न दररेट माग गरेको छ।

गाउँपालिकाको कार्यालय जलथल, झापाले सूचना जारी गर्दै इच्छुक फर्म, व्यवसायी तथा संस्थाहरूलाई कार्यालयमा सूचीकृत भई ७ दिनभित्र आवश्यक सामग्रीको दररेट उपलब्ध गराउन आग्रह गरेको हो।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार १८ वाट र १५ वाटका एलईडी बल्ब, सोलार प्यानल, सोलार कन्ट्रोलर, प्यानल लाइट, स्ट्रिट लाइट, बल्ब कभर, सेन्सर एलईडी लाइट, सेन्सर तथा १ एमएम, १.५ एमएम, २.५ एमएम र ४ एमएमका तार लगायतका सामग्री आवश्यक रहेका छन्।

सूचनामा प्रत्येक सामग्रीको स्पेसिफिकेसन र परिमाणसहित दररेट पेश गर्नुपर्ने उल्लेख गरिएको छ। इच्छुक फर्म तथा व्यवसायीहरूले तोकिएको समयभित्र गाउँपालिकाको कार्यालयमा दररेट उपलब्ध गराउनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?