साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३२४ हेरिएको
Shares
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव  सम्पन्न

सारांश

  • हल्दीबारि ।
  • हल्दीबारी गाउँपालिका ४, जलथलमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक उत्सव उत्साह, सम्मान र सामाजिक प्रतिबद्धताका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
  • स्थापना कालदेखि नै कृषक सशक्तीकरण, दुग्ध उत्पादन प्रवर्द्धन तथा ग्रामीण आत्मनिर्भरताका लागि निरन्तर क्रियाशील रहँदै आएको संस्थाले यस अवसरलाई उपलब्धि समिक्षा र सम्मान कार्यक्रमका रूपमा मनाएको हो।

हल्दीबारि । हल्दीबारी गाउँपालिका ४, जलथलमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक उत्सव उत्साह, सम्मान र सामाजिक प्रतिबद्धताका साथ भव्य रूपमा सम्पन्न गरेको छ। स्थापना कालदेखि नै कृषक सशक्तीकरण, दुग्ध उत्पादन प्रवर्द्धन तथा ग्रामीण आत्मनिर्भरताका लागि निरन्तर क्रियाशील रहँदै आएको संस्थाले यस अवसरलाई उपलब्धि समिक्षा र सम्मान कार्यक्रमका रूपमा मनाएको हो।


हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) प्रमुख अतिथिका रूपमा उपस्थित कार्यक्रममा उहाँले दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभयो। मन्तव्यका क्रममा उहाँले सहकारीमार्फत कृषकको जीवनस्तर उकास्न र स्थानीय अर्थतन्त्र सुदृढ गर्न संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कामको अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, जलथल स्वास्थ्य चौकीकी प्रतिनिधि चन्द्रा पोखरेल, सामाजिक अभियन्ता अभिषेक खतिवडा, सहकारीकर्मी, सेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले सहकारीको योगदानलाई समाज रूपान्तरणको आधार स्तम्भका रूपमा व्याख्या गरेका थिए।


वार्षिकोत्सवको अवसरमा दूध संकलन केन्द्रमार्फत उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो। गोलधाप, मंगलाबारे, अधिकारी चोक, बालुवा चोक तथा लक्ष्मीचोक दूध संकलन केन्द्रका प्रतिनिधिहरू क्रमशः गंगादेवी बास्तोला, रामप्रसाद ढकाल, सागर राई, सीता मेचे र अनिता पुरी सम्मानित हुनुभयो। साथै उत्कृष्ट अन्तरसमूहका रूपमा कन्टरघुट्टु अन्तरसमूहलाई सम्मान प्रदान गरिएको थियो।
कृषि तथा पशुपालन क्षेत्रमा अनुकरणीय कार्य गर्ने कृषकहरूलाई पनि सम्मान गरिएको थियो। माछापालनतर्फ अन्जना प्रसाई, व्यावसायिक तरकारी खेतीतर्फ देवीमाया चौहान, बाख्रा पालनतर्फ भोमादेवी दङ्गाल तथा बङ्गुर पालनतर्फ विरता राई सम्मानित हुनुभयो। यसले उत्पादनमुखी श्रम र परिश्रमको कदर गर्ने संस्थाको सोच स्पष्ट पारेको छ।
शिक्षा क्षेत्रप्रति पनि संवेदनशीलता देखाउँदै संस्थाले एसईई परीक्षा २०८१ मा उत्कृष्ट अंक ल्याउने हल्दीबारी माध्यमिक विद्यालयका विद्यार्थी सुशील रेग्मी र सेन्मी राईलाई सम्मान गरेको थियो। सहकारीले आर्थिक उन्नतिसँगै शैक्षिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।


संस्थाका अध्यक्ष खेसकुमारी वनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सजीकरण तारा भट्टराई खतिवडाले कुशलतापूर्वक गर्नुभएको थियो।
समग्रमा, १६औँ वार्षिक उत्सवले साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यप्रति दृढ संकल्प व्यक्त गरेको छ। सामूहिकता, पारदर्शिता र उत्पादनमुखी सोचमार्फत समृद्ध समाज निर्माण गर्ने संस्थाको प्रतिबद्धता कार्यक्रमभर झल्किएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner

यो पनि पढौँ

वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
singel sidbar banner
singel sidbar banner 2