ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
१०० हेरिएको
Shares
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

सारांश

  • युक्रेन, फागुन २५ ।
  • पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ।
  • रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।

युक्रेन, फागुन २५ । पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।

डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना हराएका छन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।

गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको हो। ट्रम्पसँगको वार्तामा भनाभन भएपछि अमेरिकाले सैन्य सहयोगसँगै गुप्तचर साझेदारी पनि रोकेको थियो। त्यसपछि रुसले निरन्तर आक्रमण गरेको हो।

शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा आक्रमण भएको हो। सोही आक्रमणमा ११ जना मारिएका थिए। शुक्रबार र शनिबार त्यो क्षेत्रमा भएको अन्य आक्रमणमा ९ जनाको ज्यान जानुका साथै १३ जना हराए।

शनिबार खार्किभमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गयो भने सात जना घाइते भए। शुक्रबार नै ओडिषाको ऊर्जा केन्द्रमा लक्षित गर्दै रुसले अर्को आक्रमण गरेको थियो।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनीसँगको सम्झौता रुससँगको भन्दा कठिन भएको प्रतिक्रिया दिएका थिए। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न
महेन्द्र माबिमा उत्कृष्ट विद्यार्थी सम्मान तथा प्रशासकीय अधिकृतको विदाइ कार्यक्रम सम्पन्न
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
जलवायु परिवर्तनविरुद्ध गौरादहका युवाको जागरण, ‘स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ

तपाईंले छुटाउनुभयो कि?