हल्दीबारीमा प्रथम टी-१० वडा स्तरीय लिग कम क्रिकेट

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, माघ १४, २०८२
|
|
८७१ हेरिएको
Shares

सारांश

  • हल्दीबारी ।
  • प्रथम हल्दीबारी टी १० वडा स्तरीय लिग कम क्रिकेट प्रतियोगिता २०८२ माघ २० गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ।
  • प्रथम पटक हुन लागेको यस प्रतियोगिता हल्दीबारी गाउँपालिका ४ स्थित पाथिभरा खेलमैदानमा सञ्चालन हुनेछ।

हल्दीबारी । प्रथम हल्दीबारी टी १० वडा स्तरीय लिग कम क्रिकेट प्रतियोगिता २०८२ माघ २० गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ। प्रथम पटक हुन लागेको यस प्रतियोगिता हल्दीबारी गाउँपालिका ४ स्थित पाथिभरा खेलमैदानमा सञ्चालन हुनेछ।

हल्दीबारी ४ का वडा अध्यक्ष तथा हल्दीबारी गाउँपालिका खेलकुद संयोजक सन्त कु. थापाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई खेलकुदमा जोड्दै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्‍याउनु हो। “खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टीमवर्कको भावना विकास गर्छ। यस्ता प्रतियोगितामार्फत युवालाई कुलतबाट टाढा राख्दै सकारात्मक उर्जालाई सही दिशामा उपयोग गर्न सकिन्छ,” उनले बताए।
थापाका अनुसार हल्दीबारीमा फुटबलप्रतिको आकर्षणसँगै क्रिकेटप्रेमी युवाहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ। त्यसलाई मध्यनजर गर्दै वडा स्तरीय टी १० लिग आयोजना गरिएको उनले उल्लेख गरे। प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई पहिचान गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा ठूला प्रतियोगिताका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
फुटबल मात्र नभई क्रिकेटप्रेमी युवाहरूका लागि पनि उत्साहजनक वातावरण सिर्जना गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले हल्दीबारीको खेलकुद विकासमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले लिएको छ। स्थानीय युवाको सक्रिय सहभागिताले प्रतियोगिता रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

तपाईंले छुटाउनुभयो कि?