आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, चैत्र १४, २०८१
|
|
११९ हेरिएको
Shares
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

सारांश

  • चैत १४ ।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ।
  • पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

चैत १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन्। ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए। उनी शतक बनाउन मात्र तीन रनले चुके।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो। सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो। कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए। यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।

कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची, ओली झापा ५ बाट उम्मेदवार – सुचि सहित
एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची, ओली झापा ५ बाट उम्मेदवार – सुचि सहित
चिल्ड्रेन गार्डेन हल्दीबारी ३ मा अभिषेक खतिवडाको नेतृत्वमा पूर्व विद्यार्थीहरूको तदर्थ समिति गठन
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा

तपाईंले छुटाउनुभयो कि?