हल्दिबारीको १५ शैयाको अस्पतालले सेवाग्राहीलाई धैर्य गर्न आग्रह

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, श्रावण २२, २०८३
|
|
२३७ हेरिएको
Shares

सारांश

  • झापा ।
  • हल्दिबारी गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पतालले नयाँ भवन निर्माणको काम भइरहेका कारण अस्पतालको भौतिक पूर्वाधारमा केही असहजता सिर्जना भएको भन्दै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ।
  • हल्दिबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखाले सूचना जारी गर्दै सीमित भौतिक स्रोत–साधनका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पित सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर प्रदान गरिरहेको जनाएको छ।

झापा । हल्दिबारी गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पतालले नयाँ भवन निर्माणको काम भइरहेका कारण अस्पतालको भौतिक पूर्वाधारमा केही असहजता सिर्जना भएको भन्दै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ।
हल्दिबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखाले सूचना जारी गर्दै सीमित भौतिक स्रोत–साधनका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पित सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर प्रदान गरिरहेको जनाएको छ। नयाँ भवन निर्माणका कारण केही समय भौतिक पूर्वाधारमा असहज अवस्था रहे पनि अस्पताल परिवार सेवाग्राहीलाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको सूचनामा उल्लेख छ।


अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेकाले सेवा प्राप्त गर्न केही समय पर्खनुपर्ने अवस्था आउन सक्ने भन्दै अस्पताल प्रशासनले त्यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
अस्पतालले सेवाग्राहीलाई समयमै अस्पताल उपस्थित भई टोकन तथा पालो प्रणाली पालना गर्न, आकस्मिक तथा गम्भीर अवस्थाका बिरामी, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन सहयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, नागरिकता, स्वास्थ्य बीमा कार्ड, पुराना पुर्जा तथा परीक्षण प्रतिवेदनजस्ता आवश्यक कागजात पहिले नै तयार राख्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सही जानकारी दिन र चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न पनि अस्पतालले अनुरोध गरेको छ।
अस्पतालले चिकित्सकले सिफारिस गरेका नियमित औषधि तत्काल उपलब्ध नभएमा फार्मेसीमा आफ्नो विवरण टिपाइराख्न, बिलिङ तथा औषधि वितरणका लागि अनावश्यक भीड नगर्न र अस्पताल परिसर सफा, शान्त तथा मर्यादित राख्न आग्रह गरेको छ।
अस्पतालको सम्पत्ति तथा उपकरण सबैको साझा सम्पत्ति भएकाले संरक्षण गर्न तथा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथि अनावश्यक दबाब, अभद्र व्यवहार वा अवाञ्छित गतिविधि नगर्न समेत सूचनामार्फत अनुरोध गरिएको छ।
औषधिको नाम, मात्रा, सेवन गर्ने तरिका तथा आवश्यक सावधानी राम्ररी बुझेर मात्र औषधि सेवन गर्न र कुनै समस्या, जिज्ञासा, सुझाव वा गुनासो भए सम्बन्धित अधिकारी, सूचना कक्ष, अस्पताल प्रशासन वा स्वास्थ्य शाखामा जानकारी गराउन अस्पताल प्रशासनले आग्रह गरेको छ।
अस्पताल प्रशासनले भविष्यमा सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउँदै आवश्यकताअनुसार स्वास्थ्य सेवाहरू क्रमशः विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?