नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
सारांश
- निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।
- दुवै पक्षबाट पेस भएका कागजात र विवरणको अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक ठहर गर्दै आयोगमा यही विवरण अद्यावधिक गर्ने निर्णय गरिएको हो।
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले समर्थन र एक जनाले विरोधमा राय दिँदा बहुमतका आधारमा निर्णय भएको स्रोतले जनाएको छ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका कागजात र विवरणको अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक ठहर गर्दै आयोगमा यही विवरण अद्यावधिक गर्ने निर्णय गरिएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले समर्थन र एक जनाले विरोधमा राय दिँदा बहुमतका आधारमा निर्णय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार कार्यवाहक प्रमुख आयुक्त भण्डारी र आयुक्त सगुनशमशेर राणाले पक्षमा मत दिएका थिए भने आयुक्त जानकी तुलाधर विपक्षमा थिइन्।
सभापति थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले बिहीबार दिउँसो आयोगमा पुगेर आफ्नो आधिकारिकता माग गर्दै तथ्य, प्रमाण र कागजात बुझाएको थियो। त्यसको भोलिपल्ट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गर्दै विभिन्न निर्णय, प्रतिवेदन र दस्तावेज आयोगमा पेस गरेका थिए।
प्रतिक्रिया