हल्दिबारी जेसीजद्वारा खाधसामग्री वितरण

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१३२ हेरिएको
Shares

सारांश

  • हल्दीबारी झापा ।
  • हल्दीबारी जेसीजको स्थापना दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।
  • बिर्तामोडमा आयोजित कार्यक्रममा बालग्राममा रहेका साना नानीबाबुहरूलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गर्नुका साथै उनीहरूसँगै केक काटेर खुसी साटासाट गरिएको थियो।

हल्दीबारी झापा । हल्दीबारी जेसीजको स्थापना दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।


बिर्तामोडमा आयोजित कार्यक्रममा बालग्राममा रहेका साना नानीबाबुहरूलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गर्नुका साथै उनीहरूसँगै केक काटेर खुसी साटासाट गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बालबालिकासँग समय बिताउँदै उनीहरूलाई हौसला र मायाको अनुभूति दिलाएका थिए।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममार्फत अभिभावकविहीन बालबालिकालाई सानो सहयोग गर्न पाएकोमा हल्दिबारी जेसीजका पदाधिकारीहरूले खुशी व्यक्त गरेका छन्। समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र सहयोगका लागि यस्ता मानवीय कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ।


हल्दिबारी जेसीजका २०२६ का अध्यक्ष नितेस खरेलले समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाप्रति सबैले संवेदनशील हुनुपर्ने बताउँदै संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
जनता माविको व्यवस्थापन समिति विवाद सर्वोच्चमा, नगरपालिकाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
जनता माविको व्यवस्थापन समिति विवाद सर्वोच्चमा, नगरपालिकाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बालेन्द्र शाह पनि झापा आउदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बालेन्द्र शाह पनि झापा आउदै

तपाईंले छुटाउनुभयो कि?