महेन्द्र माबिमा उत्कृष्ट विद्यार्थी सम्मान तथा प्रशासकीय अधिकृतको विदाइ कार्यक्रम सम्पन्न
सारांश
- झापाको हल्दीबारी गाउँपालिका ४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्रथम आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई विदाइ गरिएको छ।
- विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
- कार्यक्रममा हल्दीबारी गाउँपालिका ४ का वडा अध्यक्ष सन्तकुमार थापा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनककुमारी राई, शिक्षक अभिभावक संघकी अध्यक्ष सीता अधिकारी खनाल, वडा सदस्य सुरेन्द्र बाराकोटीलगायतको उपस्थिति रहेको थियो।
झापाको हल्दीबारी गाउँपालिका ४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्रथम आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई विदाइ गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा हल्दीबारी गाउँपालिका ४ का वडा अध्यक्ष सन्तकुमार थापा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनककुमारी राई, शिक्षक अभिभावक संघकी अध्यक्ष सीता अधिकारी खनाल, वडा सदस्य सुरेन्द्र बाराकोटीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रथम आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न शुभकामना दिइएको थियो।

सोही अवसरमा हल्दीबारी गाउँपालिकामा आफ्नो जिम्मेवारी पूरा गरी विदाइ हुन लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई विद्यालय परिवारका तर्फबाट सम्मानसहित विदाइ गरिएको थियो।
कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया