सांस्कृतिक कार्यक्रमसहित गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव
सारांश
- झापा गोलधाप ।
- हल्दीबारी गाउँपालिका १ गोलधापस्थित श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।
- शिक्षक अभिभावक संघकी अध्यक्ष मुना भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेन प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

झापा गोलधाप । हल्दीबारी गाउँपालिका १ गोलधापस्थित श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक संघकी अध्यक्ष मुना भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेन प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापा, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, झापा जिल्ला प्याब्सन सदस्य नितेश खरेल, शिक्षा सहजकर्ता दुर्गा अधिकारी, सञ्चारकर्मीहरू लगायतको विशेष आतिथ्यता रहेको थियो। साथै, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति कार्यक्रमको अर्को आकर्षण बनेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, गायन तथा झाँकीले कार्यक्रमलाई रंगीन र मनोरञ्जनात्मक बनाएको थियो। सो अवसरमा २०८१ सालको एसइई परीक्षामा पालिकामै उत्कृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसैगरी विभिन्न विधाका प्रशिक्षकहरूलाई समेत कदरपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष लिङदेनले सरकारी र निजी विद्यालयबीच सहकार्य र सहभागिता बढाउँदै शैक्षिक विकासतर्फ सँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विद्यार्थीको समग्र हितका लागि गाउँपालिका सधैँ साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरे।

विद्यालयकी प्रधानाध्यापिका तुलसा देवी संग्रौलाले विद्यालयले विगतदेखि हालसम्म आइपुग्दा भोगेका तिता–मिठा अनुभवहरू स्मरण गर्दै आजको अवस्थामा आइपुग्न सफल हुनु सबैको सहयोग र विश्वासकै परिणाम भएको बताईन। उनले विद्यालयप्रति विश्वास गरी साथ दिने सम्पूर्ण अभिभावक तथा सरोकारवालाप्रति आभार प्रकट समेत गरिन ।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, कृष्णसागर इङ्लिस स्कुलका प्रिन्सिपल नितेश खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। शिक्षिका मन्दिरा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र दाहाल तथा विद्यार्थीहरू दिया पौडेल र सौगात रेग्मीले संयुक्त रूपमा गरेका थिए ।
प्रतिक्रिया