हल्दीबारी ४ मा वडा स्तरीय टि १० लिग कम आज बाट सुरुवात संगै ३ खेल सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, माघ २०, २०८२
|
|
३४३ हेरिएको
Shares
हल्दीबारी ४ मा वडा स्तरीय  टि १० लिग कम आज बाट सुरुवात संगै ३ खेल सम्पन्न

सारांश

  • हल्दीबारी झापा ।
  • हल्दिबारी वडा नं ४ मा आज माघ २० गते बाट २४ गते सम्पन्न हुने गरि वडा स्तरिय टि १० लिग कमको औपचारिक सुरुवात भएको छ ।
  • खेलकुद र स्थानिय खेलाडी हरुको रुचिलाई मध्यनजर गर्दै हल्दीबारी गाउँपालिका वडा नं.

हल्दीबारी झापा । हल्दिबारी वडा नं ४ मा आज माघ २० गते बाट २४ गते सम्पन्न हुने गरि वडा स्तरिय टि १० लिग कमको औपचारिक सुरुवात भएको छ ।

खेलकुद र स्थानिय खेलाडी हरुको रुचिलाई मध्यनजर गर्दै हल्दीबारी गाउँपालिका वडा नं. ४ ले उक्त खेलको सम्पुर्ण प्रायोजन गरेको खेलको सह आयोजना हल्दीबारी जेसिस र हल्दीबारी वडा न ३ र ४ का युवाहरुले गरेका हुन ।

पाथिभरा खेल मैदान खेल समितिका संयोजक टंकबहादुर लिङ्देनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा हल्दिबारी जेसीज JLC योगेश कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि रबिन्द्रप्रसाद लिङ्देन रहनुभएको थियो भने विशिष्ट अतिथि लक्ष्मीदेवी मैनाली र विशेष अतिथि सन्तकुमार थापा रहेका थिए ।
कार्यक्रममा सुरेन्द्र बार्हकोटी, जलथल रेडक्रस सभापति रेमप्रसाद खरेल, पाथिभरा सिंहकाली अध्यक्ष जयप्रसाद पोखरेल, जेसीज हल्दिबारी अध्यक्ष नितेश खरेल, चौकी बिरान बन समिति अध्यक्ष अम्बर म्याङ्गबो, समाजसेवी एकराज मगर तथा जलथल प्रहरी चौकी इन्चार्ज संजीव चौधरी अतिथिका रूपमा उपस्थित थिए ।


हल्दीबारी जेसिज अध्यक्ष नितेश खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा  कृष्णसागर इङ्गलिश स्कुलका विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो।
त्यसैगरी सन्तकुमार थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने रबिन्द्रप्रसाद लिङ्देनले ब्यानर वाचन गरि उद्घाटन गरिएको थियो ।
प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन्।


पहिलो खेलमा वडा नं. १ र ३ बीचको प्रतिस्पर्धामा वडा नं. ३ ले जित हात पार्दै महत्त्वपूर्ण २ अङ्क जोड्न सफल भयो।
त्यसैगरी दोस्रो खेलमा वडा नं. २ र ५ बीच भएको खेलमा वडा नं. २ विजयी हुँदै २ अङ्क जोड्न सफल भयो।
आजको अन्तिम खेलमा वडा नं. ४ र १ बीचको खेलमा वडा नं. ४ ले शानदार जित निकाल्दै २ अङ्क आफ्नो नाममा लेखाएको छ।
स्थानीय युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको, वडा नं. ४ को पूर्ण प्रायोजनमा सञ्चालित यस प्रतियोगिताले हल्दिबारीमा खेलकुदको वातावरण थप उत्साहजनक बनाएको आयोजकले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2