रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, चैत्र १७, २०८१
|
|
१५३ हेरिएको
Shares
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू

सारांश

  • रत्ननगर, चैत १७ ।
  • पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा जीउदो कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ ।
  • सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो ।

रत्ननगर, चैत १७ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा जीउदो कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ ।

सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो ।

आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले एक गर्भवती र १५ जना सुत्केरी आमालाई कुखुराको भाले सहित पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।

सो वडाले विगत तीन बर्षदेखि कुखुराको भाले सहित पौष्टिक आहार वितरण गर्दै आएको छ । सो अबसरमा वडा नं १३ का वडाध्यक्ष घिमिरेले गर्भवती र सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरणले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको बताए ।

कुखुराको भाले सहितको पौष्टिक आहार सामन्य विषय भएपनि यसले ठुलो अर्थ राख्ने उनको भनाई छ । वडा नं १५ का वडाध्यक्ष तामाङले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको बताए ।

परिमाणका हिसाबले सामन्य भएपनि वडा कार्यालयले पौषण कार्यक्रमले वडाबासीको अपनोत्व गराउने भन्दै यसलाई आगामी बर्ष परिमार्जन गर्दै लैजाने बताए ।

वडा भित्रका सुनौलो भविश्यलाई स्वागत गर्ने र उनीहरुको भविश्व प्रति स्थानीय सरकार जिम्मेवार रहेको कुरा अनुभूति गराउन पौष्टिक आहार वितरण गरिएको उनको भनाई छ ।

वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा सदस्यहरु इमप्रसाद पन्त, लीलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आधारभूत स्वास्थ्य केन्द्रकी अहेब मीना कुँवरले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको ज्यान गयो, हजुरआमा घाइते
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको ज्यान गयो, हजुरआमा घाइते
हल्दिबारी जेसीजद्वारा खाधसामग्री वितरण
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव  सम्पन्न
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव सम्पन्न
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा

तपाईंले छुटाउनुभयो कि?