आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१०९ हेरिएको
Shares
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल

सारांश

  • आज २०८१ साल चैत ५ गते मंगलबार चैत कृष्ण पक्षको चौथी तिथि।
  • सामाजिक कार्य दिवस।
  • मंगल चौथी व्रत।

आज २०८१ साल चैत ५ गते मंगलबार चैत कृष्ण पक्षको चौथी तिथि। सामाजिक कार्य दिवस। मंगल चौथी व्रत। तदनुसार सन् २०२५ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : तीन पटक सोचेर बोल्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुखमय बन्नेछ। व्यापारमा घाटा हुने भएकाले आज लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने समय छ। सामान्य कुरा भनेको जस्तो लागे पनि त्यो विष बन्ने जोखिम रहेको छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : विपक्षीसँग जुनसुकै काममा पनि कडा प्रतिवाद गर्नुपर्ने समय आएको छ। सोचेको काम नबन्दा मन अशान्त बन्नसक्छ। परिवारमा झन्झट आइपर्ने जोखिम छ। साथीभाइसँगको कारोबारमा फाइदा हुनेछ।

सिंह : महत्त्वपूर्ण काम गर्न लाग्दै गर्दा अवरोध सिर्जना हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखि छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : साथीभाइ र बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। लगानी गर्नुपर्ने भए बन्धुसँग सहकार्य गर्नु उचित हुने दिन छ। साथीको साथले डुब्न लागेको धन प्राप्त हुनेछ। समझदार भएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

तुला : धेरै मानिसले आज तपाईंको प्रशंसा गर्नेछन्। क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ।

वृश्चिक : निर्णय क्षमता बढ्नेछ। तपाईंले सोचेको काम बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : आज तपाईंको सञ्चित धन खर्च हुने दिन छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखम छ। संयुक्त लगानीबाट गरेको व्यापारबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्धमा तनाव बढ्ने खतरा छ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। आज ठुलो लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध भने सहज बन्नेछ।

कुम्भ : आज तपाईं ठुलो काममा अगाडि नबढ्नु उचित हुनेछ र अग्रजको सुझाव लिएर मात्र कामको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आज प्राविधिक विषयमा सफलता मिल्नेछ। जुनसुकै काम गरे पनि प्राविधिक क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। संकटमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सांस्कृतिक कार्यक्रमसहित गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा
हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा
हल्दिबारी जेसीजद्वारा खाधसामग्री वितरण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बालेन्द्र शाह पनि झापा आउदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बालेन्द्र शाह पनि झापा आउदै
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?