हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, पौष ३०, २०८२
|
२
|
८१७ हेरिएको
Shares
हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा

सारांश

  • झापा हल्दीबारी, गोलधाप  ।
  • हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी १ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही २८ गतेदेखि सञ्चालन भएको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
  • पालिकाभित्रका १४ वटा विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै कुल ४२ स्वर्ण, ४१ रजत र ५३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

झापा हल्दीबारी, गोलधाप  । हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी १ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही २८ गतेदेखि सञ्चालन भएको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।


पालिकाभित्रका १४ वटा विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै कुल ४२ स्वर्ण, ४१ रजत र ५३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनजागृति माध्यमिक विद्यालयले १२ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी हल्दीबारी माध्यमिक विद्यालयले ९ स्वर्ण, १० रजत र १० कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने लक्ष्मी माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।


गोल्धाप सन साइन्सले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दा चिल्ड्रेन गार्डेन अंग्रेजी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य तथा सिग्मा अंग्रेजी माविले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेका छन्। क्यानरी एकेडेमीले १ स्वर्ण र ८ कास्य, जसोदा अंग्रेजी माविले १ रजत र ३ कास्य, कृष्णसागर अंग्रेजी माविले २ रजत र ३ कास्य, चिल्ड्रेन गार्डेन एकेडेमीले १ स्वर्ण, ३ रजत र १ कास्य तथा पञ्चायत माविले १ कास्य पदक प्राप्त गरेका छन्।

सरस्वती माविले २ कास्य, महेन्द्र माविले १ स्वर्ण र १ रजत तथा समस्काराले २ कास्य पदक जितेका छन्।
एथलेटिक्सतर्फ छात्रातर्फ हल्दीबारी माविकी समीक्षा हेमारम र छात्रतर्फ जनजागृति माविका सुमन राई उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भएका छन्।
प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताका लागि प्रशिक्षण तथा बन्द शिविरमा सहभागी गराइने राष्ट्रपति रनिङशील प्रतियोगिता आयोग समितिका संयोजक एवं हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिनुभयो।


समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष शूकालाल राजवंशीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विजयी खेलाडी तथा विद्यालयहरूलाई मेडल र ट्रफी वितरण गरिएको थियो।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
महेन्द्र माबिमा उत्कृष्ट विद्यार्थी सम्मान तथा प्रशासकीय अधिकृतको विदाइ कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?