हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, पौष ३०, २०८२
|
|
८०५ हेरिएको
Shares
हल्दीबारीमा राष्ट्रपति रनिङशिल्ड सम्पन्न जनजागृति मावि १२ स्वर्णसहित प्रथम स्थानमा

सारांश

  • झापा हल्दीबारी, गोलधाप  ।
  • हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी १ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही २८ गतेदेखि सञ्चालन भएको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
  • पालिकाभित्रका १४ वटा विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै कुल ४२ स्वर्ण, ४१ रजत र ५३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

झापा हल्दीबारी, गोलधाप  । हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी १ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा यही २८ गतेदेखि सञ्चालन भएको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।


पालिकाभित्रका १४ वटा विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै कुल ४२ स्वर्ण, ४१ रजत र ५३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनजागृति माध्यमिक विद्यालयले १२ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी हल्दीबारी माध्यमिक विद्यालयले ९ स्वर्ण, १० रजत र १० कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने लक्ष्मी माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।


गोल्धाप सन साइन्सले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दा चिल्ड्रेन गार्डेन अंग्रेजी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य तथा सिग्मा अंग्रेजी माविले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेका छन्। क्यानरी एकेडेमीले १ स्वर्ण र ८ कास्य, जसोदा अंग्रेजी माविले १ रजत र ३ कास्य, कृष्णसागर अंग्रेजी माविले २ रजत र ३ कास्य, चिल्ड्रेन गार्डेन एकेडेमीले १ स्वर्ण, ३ रजत र १ कास्य तथा पञ्चायत माविले १ कास्य पदक प्राप्त गरेका छन्।

सरस्वती माविले २ कास्य, महेन्द्र माविले १ स्वर्ण र १ रजत तथा समस्काराले २ कास्य पदक जितेका छन्।
एथलेटिक्सतर्फ छात्रातर्फ हल्दीबारी माविकी समीक्षा हेमारम र छात्रतर्फ जनजागृति माविका सुमन राई उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भएका छन्।
प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताका लागि प्रशिक्षण तथा बन्द शिविरमा सहभागी गराइने राष्ट्रपति रनिङशील प्रतियोगिता आयोग समितिका संयोजक एवं हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिनुभयो।


समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष शूकालाल राजवंशीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विजयी खेलाडी तथा विद्यालयहरूलाई मेडल र ट्रफी वितरण गरिएको थियो।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
२९ रनले वडा नं ३ लाई पछि पार्दै वडा नं ४ ले हासिल गर्यो प्रथम ट्रफि
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?