कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको ज्यान गयो, हजुरआमा घाइते

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, माघ २५, २०८२
|
|
१७० हेरिएको
Shares
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको ज्यान गयो, हजुरआमा घाइते

सारांश

  • धनगढी।
  • कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक नाबालिका बालिकाको मृत्यु भएको छ भने उनकी हजुरआमा गम्भीर घाइते भएकी छन्।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–६ ढक्का चानदेवमा आइतबार बिहान करिब २ः३० बजे जङ्गली हात्तीले किसन सिंह साउदको घरमा आक्रमण गरेको थियो।

धनगढी। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक नाबालिका बालिकाको मृत्यु भएको छ भने उनकी हजुरआमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–६ ढक्का चानदेवमा आइतबार बिहान करिब २ः३० बजे जङ्गली हात्तीले किसन सिंह साउदको घरमा आक्रमण गरेको थियो।

हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउने प्रयासमा घरबाट बाहिर निस्कने क्रममा किसन सिंह साउदकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिना साउदमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी बिहान करिब ३ः३० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते दुवै जनालाई तत्काल उद्धार गरी झलारीस्थित आर.एम. अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको थियो।

धनगढीको नवजीवन अस्पतालमा उपचारकै क्रममा ६ वर्षीया रोजिना साउदको आज बिहान ६ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्। घाइते पार्वती साउदको उपचार भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2