दुर्गा प्रसाईको पक्राउमा राप्रपाको घोर आपती

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, माघ २४, २०८२
|
|
२४४ हेरिएको
Shares
दुर्गा प्रसाईको पक्राउमा राप्रपाको घोर आपती

सारांश

  • काठमाडौं ।
  • ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको छ।
  • प्रसाईंको पक्राउप्रति प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र मान्यतालाई दबाउने नियतले उनलाई पटक पटक दुःख दिने गरी पक्राउ गरिएको आरोप लगाएका छन्।

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको छ।
प्रसाईंको पक्राउप्रति प्रतिक्रिया दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र मान्यतालाई दबाउने नियतले उनलाई पटक पटक दुःख दिने गरी पक्राउ गरिएको आरोप लगाएका छन्।
लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने तथा दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।”

उनले राज्यले व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र नभई नागरिकले स्वतन्त्र रूपमा हिँडडुल गर्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारसमेत कुण्ठित गरेको बताएका छन्।
यता, निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले आयोगको पत्रका आधारमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु

तपाईंले छुटाउनुभयो कि?