दोश्रो ट्रफी र चेक बोर्ड वडा नं ४ को कार्यालयलाई हस्तान्तरण
सारांश
- झापा हल्दीबारी ।
- झापा गाउँपालिका स्थित मदरगाछमा सम्पन्न सन्थाल समाज झापाद्वारा सञ्चालित फुटबल प्रतियोगिता २०८२ मा दोस्रो स्थान हासिल गर्न सफल हल्दीबारी गाउँपालिकाका खेलाडीहरूले प्राप्त गरेको चेक बोर्डसहितको दोस्रो ट्रफी आज वडा कार्यालयमा हस्तान्तरण गरेका छन्।
- २०८२ साल पौष २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा हल्दीबारी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।
झापा हल्दीबारी । झापा गाउँपालिका स्थित मदरगाछमा सम्पन्न सन्थाल समाज झापाद्वारा सञ्चालित फुटबल प्रतियोगिता २०८२ मा दोस्रो स्थान हासिल गर्न सफल हल्दीबारी गाउँपालिकाका खेलाडीहरूले प्राप्त गरेको चेक बोर्डसहितको दोस्रो ट्रफी आज वडा कार्यालयमा हस्तान्तरण गरेका छन्।

२०८२ साल पौष २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा हल्दीबारी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। सोही अवसरमा आज आयोजित एक औपचारिक कार्यक्रममा खेलाडीहरूले आफूहरूले प्राप्त गरेको दोस्रो स्थानको ट्रफी तथा चेक बोर्ड हल्दीबारी वडा नं ४ का वर्तमान वडा अध्यक्ष सन्त कु थापालाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वडा अध्यक्ष सन्त कु थापाले खेलाडीहरूले हासिल गरेको सफलताको प्रशंसा गर्दै यस उपलब्धिले सम्पूर्ण वडाको गौरव बढाएको बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, सक्षम र सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्दै वडाको तर्फबाट खेलाडीहरूको प्रोत्साहनका लागि दुई थान फुटबल र १५ थान जर्सी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, आगामी दिनहरूमा पनि खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूलाई खेलमार्फत अघि बढाउन वडाले आवश्यक सहयोग र समर्थनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन ।



प्रतिक्रिया