सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, माघ १, २०८२
|
|
३९५ हेरिएको
Shares
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित

सारांश

  • हल्दीबारी, झापा।
  •  सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
  • \ हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।

हल्दीबारी, झापा। सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

\
हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र,पुरस्कारदाता उपप्रमुख कार्की र हल्दीबारी जेसिसकी संस्थापक अध्यक्ष युनिता दवाडीले बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई समाजप्रतिको उच्च सामाजिक उत्तरदायित्व, मानव सेवामा १२० औँ पटक रक्तदान गरी पुर्‍याएको अतुलनीय योगदान तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

आयोजकका अनुसार बिमलीको योगदानले समाजमा सेवाभाव, मानवता र पत्रकारिताको गरिमालाई थप उचाइ दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हल्दिबारीको १५ शैयाको अस्पतालले सेवाग्राहीलाई धैर्य गर्न आग्रह
कृषि रियालिटी सो RAW मा भद्रपुरका सुमन बिमली बने ‘RAW Climate Award’ विजेता
कृषि रियालिटी सो RAW मा भद्रपुरका सुमन बिमली बने ‘RAW Climate Award’ विजेता
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
नेपाली कथानक चलचित्र ‘तिलस्मी’को शुभ मुहूर्त सम्पन्न, २०८३ जेठमा प्रदर्शनमा आउने
एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची, ओली झापा ५ बाट उम्मेदवार – सुचि सहित
एमालेले सार्वजनिक गर्‍यो उम्मेदवार सूची, ओली झापा ५ बाट उम्मेदवार – सुचि सहित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?