सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, माघ १, २०८२
|
|
४०२ हेरिएको
Shares
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित

सारांश

  • हल्दीबारी, झापा।
  •  सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
  • \ हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।

हल्दीबारी, झापा। सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

\
हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र,पुरस्कारदाता उपप्रमुख कार्की र हल्दीबारी जेसिसकी संस्थापक अध्यक्ष युनिता दवाडीले बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई समाजप्रतिको उच्च सामाजिक उत्तरदायित्व, मानव सेवामा १२० औँ पटक रक्तदान गरी पुर्‍याएको अतुलनीय योगदान तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

आयोजकका अनुसार बिमलीको योगदानले समाजमा सेवाभाव, मानवता र पत्रकारिताको गरिमालाई थप उचाइ दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव  सम्पन्न
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जलथलको १६औँ वार्षिक उत्सव सम्पन्न
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
महेन्द्र माबिमा उत्कृष्ट विद्यार्थी सम्मान तथा प्रशासकीय अधिकृतको विदाइ कार्यक्रम सम्पन्न
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?