हल्दीबारीमा संचालित टि १० लिगको फाईनलमा वडा नं ४ , भोली भिड्दै
सारांश
- हल्दिबारी झापा ।
- हल्दिबारी गाउँपालिकामा सञ्चालन भइरहेको वडा स्तरीय T10 क्रिकेट लिग अन्तर्गत आज सम्पन्न खेलहरू निकै रोमाञ्चक बनेका छन्।
- आजको पहिलो म्याच वडा नं १ र वडा नं २ बीच सम्पन्न भएको थियो, जसमा वडा नं १ ले उत्कृष्ट प्रदर्शन गर्दै जीत हात पारेको छ।
हल्दिबारी झापा । हल्दिबारी गाउँपालिकामा सञ्चालन भइरहेको वडा स्तरीय T10 क्रिकेट लिग अन्तर्गत आज सम्पन्न खेलहरू निकै रोमाञ्चक बनेका छन्।
आजको पहिलो म्याच वडा नं १ र वडा नं २ बीच सम्पन्न भएको थियो, जसमा वडा नं १ ले उत्कृष्ट प्रदर्शन गर्दै जीत हात पारेको छ।
त्यसैगरी आजको दोस्रो म्याच वडा नं ४ र वडा नं २ बीच भएको थियो। यस खेलमा वडा नं ४ ले फेरि पनि आफ्नो दबदबा कायम राख्दै शानदार जीत दर्ता गर्यो। लगातार ४ ओटै म्याच जित्दै ८ अङ्कका साथ अपराजित यात्रा कायम राख्न सफल वडा नं ४ शिर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरेको छ।

उक्त खेलमा वडा नं ४ का टिम कप्तान आशिसहाङ्ग लिम्बू उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए। उनले बलिङतर्फ २ विकेट लिँदै ब्याटिङतर्फ व्यक्तिगत ७७ रनको महत्वपूर्ण योगदान दिएर टिमलाई जिततर्फ डोर्याएका थिए। वडा नं ४ को समग्र टिम संयोजन, अनुशासन र निरन्तर प्रदर्शनले उनीहरू उपाधिका प्रबल दाबेदारका रूपमा देखिएका छन्।

आजको तेस्रो म्याच वडा नं २ र वडा नं ३ बीच सम्पन्न भएको थियो, जसमा वडा नं ३ ले जीत हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
अब भोलि मिति २३ गते बिहान १०:३० बजे पाथिभरा रंगशालामा वडा नं १ र वडा नं ३ बीच सेमिफाइनल खेल हुनेछ। उक्त खेलको विजेता टोलीले अपराजित वडा नं ४ सँग उपाधिका लागि फाइनलमा भिड्नेछ।
फाइनल खेल पनि भोलि नै दिउँसो १ बजेपछि सञ्चालन हुने आयोजकले जनाएको छ।
उक्त खेलसम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम संचालक योगेश कार्कीले नेपत्र संग जानकारी गराए ।




प्रतिक्रिया