चिल्ड्रेन गार्डेन हल्दीबारी ३ मा अभिषेक खतिवडाको नेतृत्वमा पूर्व विद्यार्थीहरूको तदर्थ समिति गठन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, माघ १७, २०८२
|
|
१५९ हेरिएको
Shares

सारांश

  • हल्दिबारी गाउँपालिका वडा नं ३ स्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा हिजो सम्पन्न एक विशेष भेलाले विद्यालयका पूर्व विद्यार्थीहरूलाई एउटै मञ्चमा एकताबद्ध गरेको छ।
  • विद्यालयको पहलमा आयोजित पूर्व विद्यार्थी पुनर्मिलन तथा परिचय कार्यक्रमबाट अभिषेक खतिवडाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
  • समितिको उपाध्यक्षमा अम्बिका भट्टराई चयन हुनुभएको छ भने सचिवमा टीकाराम ढकाल, कोषाध्यक्षमा सीता अधिकारी र सह–सचिवमा कृतिम पोखरेल चयन हुनुभएको छ।

हल्दिबारी गाउँपालिका वडा नं ३ स्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा हिजो सम्पन्न एक विशेष भेलाले विद्यालयका पूर्व विद्यार्थीहरूलाई एउटै मञ्चमा एकताबद्ध गरेको छ।

विद्यालयको पहलमा आयोजित पूर्व विद्यार्थी पुनर्मिलन तथा परिचय कार्यक्रमबाट अभिषेक खतिवडाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
समितिको उपाध्यक्षमा अम्बिका भट्टराई चयन हुनुभएको छ भने सचिवमा टीकाराम ढकाल, कोषाध्यक्षमा सीता अधिकारी र सह–सचिवमा कृतिम पोखरेल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा आशिष खरेल, अर्पण गिरी, चिरन ढङ्गेल, प्रमिला आचार्य, अञ्जना मण्डल र सन्तोष गिरी रहनुभएको छ।
नवगठित समितिले विद्यालयसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै पूर्व विद्यार्थीहरूबीच आपसी समन्वय, नियमित भेटघाट, सामाजिक सहभागिता तथा विद्यालय–समुदाय केन्द्रित सकारात्मक गतिविधिहरू सञ्चालन गर्ने उद्देश्य लिएको अध्यक्ष अभिषेक खतिवडाले बताउनुभएको छ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक खिवराज भट्टराईले गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न
हल्दीबारीमा प्रथम टी-१० वडा स्तरीय लिग कम क्रिकेट
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल

तपाईंले छुटाउनुभयो कि?