हल्दीबारी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न ,

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, चैत्र २६, २०८२
|
|
१६७ हेरिएको
Shares

सारांश

  • हल्दीबारि झापा ।
  • सुशासन र पारदर्शितालाई व्यवहारमै उतार्ने उद्देश्यसहित हल्दीबारी गाउँपालिकाले एक प्रभावकारी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।
  • गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाले खुलेर आफ्ना सवाल, जिज्ञासा र गुनासाहरू प्रस्तुत गरेका थिए।


हल्दीबारि झापा । सुशासन र पारदर्शितालाई व्यवहारमै उतार्ने उद्देश्यसहित हल्दीबारी गाउँपालिकाले एक प्रभावकारी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाले खुलेर आफ्ना सवाल, जिज्ञासा र गुनासाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा पूर्वाधार विकास, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, कृषि र पर्यटनजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूमा व्यापक छलफल भयो। १४ जना सहभागीले करिब ४० वटा प्रश्न उठाउँदा, गाउँपालिका नेतृत्व टोलीले प्रत्यक्ष रूपमा जवाफ दिँदै जनताप्रति उत्तरदायित्व देखाएको थियो।
अध्यक्ष लिङ्देनले हल्दीबारीको विकास यात्रामा जनताको आवश्यकता नै केन्द्रबिन्दु रहेको उल्लेख गर्दै सबै राजनीतिक दलको सहकार्यकै कारण गाउँपालिकाले ‘बेस्ट प्राक्टिस’ अन्तर्गत झापामा पहिलो स्थान हासिल गर्न सफल भएको बताए। उनले यो सफलता कुनै एक पक्षको नभई सम्पूर्ण हल्दीबारीवासीको साझा उपलब्धि भएको स्पष्ट पारे।


प्रमुख प्रशासकीय अधिकृत मनबहादुर बनले सीमित स्रोतसाधनका बाबजुद अधिकतम उपलब्धि हासिल गर्न गाउँपालिका निरन्तर प्रयासरत रहेको जानकारी दिए। साथै उनले थप बजेट सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका अगुवा, खानेपानी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बौद्धिक व्यक्तित्व र सञ्चारकर्मीहरूले सक्रिय सहभागिता जनाउँदै विकासका विविध आयाममा प्रश्न उठाएका थिए।
UNESCO Association of Nepal को सहजीकरणमा सम्पन्न यस कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रह्यो। सार्वजनिक सुनुवाइले स्थानीय सरकार र जनताबीचको संवादलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?