घोराहीमा नेपाल बन्दको प्रभाव

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, फाल्गुन ५, २०८२
|
|
३२० हेरिएको
Shares
घोराहीमा नेपाल बन्दको प्रभाव

सारांश

  • दाङ।
  • घोराहीमा नेपाल बन्दको प्रभाव स्पष्ट देखिएको छ।
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले फागुन २१ गते तय गरिएको निर्वाचन खारेज गर्नुपर्ने मागसहित आह्वान गरेको एकदिने नेपाल बन्दका कारण यहाँको जनजीवन आंशिक रूपमा प्रभावित बनेको हो।

दाङ। घोराहीमा नेपाल बन्दको प्रभाव स्पष्ट देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले फागुन २१ गते तय गरिएको निर्वाचन खारेज गर्नुपर्ने मागसहित आह्वान गरेको एकदिने नेपाल बन्दका कारण यहाँको जनजीवन आंशिक रूपमा प्रभावित बनेको हो।

बन्दको असर विशेषगरी शिक्षाक्षेत्रमा देखिएको छ। बिहान सञ्चालन हुने विद्यालयहरू खुलेका छैनन्। सडकमा केही मोटरसाइकल र स्कुटर चलेका देखिए पनि सार्वजनिक सवारी साधन तथा चारपाङ्ग्रे गाडीहरू सञ्चालनमा आएका छैनन्।

यस्तै, बजार क्षेत्र पनि प्रभावित बनेको छ। भित्री गल्लीका केही किराना पसल खुलेका भए पनि मुख्य बजारका अधिकांश पसलहरू बन्द अवस्थामा रहेका छन्। बन्दका कारण घोराहीको दैनन्दिन गतिविधि प्रभावित भएको  छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?