आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
११० हेरिएको
Shares
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी

सारांश

  • रत्ननगर, फागुन २९ ।
  • चितवनको कालिका नगरपालिका वडा नंं.
  • १० र ११ मा रहेका दुई विद्यालयले बिहीबार स्थापनको लामो समयपछि अभिभावक दिवस मनाएका छन् ।

रत्ननगर, फागुन २९ । चितवनको कालिका नगरपालिका वडा नंं.१० र ११ मा रहेका दुई विद्यालयले बिहीबार स्थापनको लामो समयपछि अभिभावक दिवस मनाएका छन् ।

कालिका नगरपालिका ११ मा रहेको आधारभूत विद्यालय कल्याणचौरले ४७ औँ र १० मा रहेको आधारभूत विधालय देउजरले ४५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएका हुन् ।

कालिका नगरपालिकाभित्रका पहाडी क्षेत्रमा विद्यालयहरु स्थापना भएदेखि वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने प्रचलन नरहेको पाइएपछि नगरप्रमुख विनोद रेग्मीले सबै विद्यालयलाई वार्षिकोत्सव गर्न निर्देशन दिएका थिए ।

वार्षिकोत्सव एवम् अभिभावक दिवसको माध्यमबाट विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु एकैठाउँमा जम्मा भई विद्यालय र विद्यार्थीको शैक्षिक क्रियाकलापको अनुगमन र मूल्याङ्कन गर्न पाउने र विद्यालयको शैक्षिक स्तरवृद्धि गर्नमा सहयोग पुग्ने प्रमुख रेग्मीले बताए ।

कालिका नगरपालिकाको पहाडी भूभागका विद्यालयमा विधार्थी संख्या वृद्धि गर्न र विद्यालयप्रतिको आकर्षण बढाउन आगामी बजेटबाट थप व्यवस्था गरिने प्रमुख रेग्मीले बताए ।

कालिका नगरभित्र आर्थिक अवस्था कमजोर र अभिभावक नभएको कोही कसैले पढ्न नपाएको भए नगरपालिकामा जानकारी दिन उनले आग्रह गर्दै त्यस्ता नानीबाबुलाई आवासीय सुविधासहित पढ्न पाउने व्यवस्था नगरले गरेको उनले बताए । नगरको शिक्षालाई थप टेवा पुगोस् भनेर नगरभित्र मेयर केयर र उपमेयरसँग बालबालिका कार्यक्रममार्फत शैक्षिक स्तरवृद्धि गर्न नगरले काम गरिरहेको रेग्मीले बताए ।

वार्षिकोत्सव एवम् अभिभावक दिवसमा कालिका नगरपालिका वडा नं.१० का वडाध्यक्ष नरजङ्ग प्रजा, ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा ,वडा सदस्यहरु, पूर्वशिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
घोराहीमा नेपाल बन्दको प्रभाव
घोराहीमा नेपाल बन्दको प्रभाव
कृषि रियालिटी सो RAW मा भद्रपुरका सुमन बिमली बने ‘RAW Climate Award’ विजेता
कृषि रियालिटी सो RAW मा भद्रपुरका सुमन बिमली बने ‘RAW Climate Award’ विजेता
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
नेपाली कथानक चलचित्र ‘तिलस्मी’को शुभ मुहूर्त सम्पन्न, २०८३ जेठमा प्रदर्शनमा आउने

तपाईंले छुटाउनुभयो कि?