अयोजक भद्रपुर लाई हराउदै हल्दीबारी भेट्रान्स सेमिफाईनलमा प्रवेश

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, बैशाख २, २०८३
|
|
४४४ हेरिएको
Shares

सारांश

  • भद्रपुर झापा ।
  • झापा भद्रपुर ३ स्थित मेची खोलाको मैदानमा फर्कियो जोवन एफ.
  • सी.

भद्रपुर झापा । झापा भद्रपुर ३ स्थित मेची खोलाको मैदानमा फर्कियो जोवन एफ.सी. द्वारा सञ्चालित भेट्रान्स कप अन्तर्गत आज सम्पन्न खेलमा हल्दीबारी भेट्रान्सले आयोजक फर्कियो जोवन एफ.सी. लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
५० मिनेटको खेल समयमा पहिलो हाफ ०–० को बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफमा हल्दीबारीले आक्रामक खेल प्रस्तुत गर्दै दबाब बढाएको थियो। सोही क्रममा जर्सी नम्बर १७ का खेलाडी सन्त ब. लिम्बूले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि दुवै टोलीबीच थप गोलका अवसर सिर्जना भए पनि हल्दीबारीले आफ्नो अग्रता जोगाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका सन्त ब. लिम्बू नै म्यान अफ द म्याच घोषित भए। उक्त पुरस्कार भद्रपुर–३ का वडा अध्यक्ष सन्त कु कार्की तथा हल्दीबारी गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवं हल्दीबारी गाउँपालिकाका खेलकुद संयोजक सन्त कु थापाले संयुक्त रूपमा वितरण गर्नु भएको थियो।

उक्त प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, उक्त खेलमा सहभागी सम्पूर्ण खेलाडीहरूको खाजा व्यवस्थापन भद्रपुर नगरपालिका–३ का वडा अध्यक्ष सन्त कु कार्कीले सौजन्य गर्ने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताको सेमिफाइनल खेल भोलि हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

तपाईंले छुटाउनुभयो कि?