पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
१०४ हेरिएको
Shares
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात

सारांश

  • दोलखा, फागुन १७ ।
  • जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ।
  • शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए।

दोलखा, फागुन १७ । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ।

शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए। व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो ।

गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको उनले सुनाए।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर  दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई राहत मिलेको छ। हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका किसान चिन्तित थिए। हिउँदे बाली गहुँ,आलु,मकै तथा  तरकारीलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुग्ने देखिएको छ।जिल्लाको तल्लो क्षेत्रमा भने हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् ।

शनिवार जिल्लाका माथिल्लो क्षेत्रमा हिउँदे वर्षा भए पनि तल्लो क्षेत्रमा वर्षा नभएको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
भद्रपुरमा कोशी पाथिभरा इन्डो टि २० च्याम्पियनसीपको तयारी सम्पन्न

तपाईंले छुटाउनुभयो कि?