प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, चैत्र ९, २०८१
|
|
११७ हेरिएको
Shares
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन

सारांश

  • चितवन, चैत ९ ।
  • प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् ।
  • ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।

चितवन, चैत ९ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।

‘हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन । बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौँ ।’

उनले संविधानमा धेरै राम्रा कुराहरू परे पनि पूर्ण नभएका कारण संशोधन गरिनुपर्ने पनि बताए ।

‘हाम्रो जीवनकालमा यो संविधानलाई परिमार्जन गर्नुछ । यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् । सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको निम्ति तर, ती पूरा छैनन्,’ प्रचण्डले भने, ‘पर्याप्त छैनन् । हामी अझै अरु उपलब्धिको निम्ति अगाडि जानु छ ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था नभएसम्म मुलुकमा राजनीतिक स्थिरिता र विकासले गति लिन नसक्ने पनि जिकिर गरे ।

‘यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरुप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो,’ प्रचण्डले भने, ‘जबसम्म यो देश त्यहाँ पुग्दैन, तबसम्म राजनीतिक स्थिरिता र विकासले गति लिन सक्दैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण

तपाईंले छुटाउनुभयो कि?