प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, चैत्र ९, २०८१
|
|
१२५ हेरिएको
Shares
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन

सारांश

  • चितवन, चैत ९ ।
  • प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् ।
  • ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।

चितवन, चैत ९ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।

‘हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन । बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौँ ।’

उनले संविधानमा धेरै राम्रा कुराहरू परे पनि पूर्ण नभएका कारण संशोधन गरिनुपर्ने पनि बताए ।

‘हाम्रो जीवनकालमा यो संविधानलाई परिमार्जन गर्नुछ । यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् । सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको निम्ति तर, ती पूरा छैनन्,’ प्रचण्डले भने, ‘पर्याप्त छैनन् । हामी अझै अरु उपलब्धिको निम्ति अगाडि जानु छ ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था नभएसम्म मुलुकमा राजनीतिक स्थिरिता र विकासले गति लिन नसक्ने पनि जिकिर गरे ।

‘यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरुप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो,’ प्रचण्डले भने, ‘जबसम्म यो देश त्यहाँ पुग्दैन, तबसम्म राजनीतिक स्थिरिता र विकासले गति लिन सक्दैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
हल्दीबारीमा प्रथम टी-१० वडा स्तरीय लिग कम क्रिकेट
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
हल्दीबारी जेसीजको अर्को गौरवपूर्ण सफलता, क्विज प्रतियोगितामा तेस्रो

तपाईंले छुटाउनुभयो कि?