१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
४३४ हेरिएको
Shares
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा

सारांश

  • हल्दिबारी, झापा।
  • १७ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लास्तरीय खेलकुद कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिकाद्वारा सञ्चालन गरिने भएको छ।
  • जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको हस्ताक्षरसहित जारी गरिएको प्रतिबद्धता पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

हल्दिबारी, झापा। १७ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लास्तरीय खेलकुद कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिकाद्वारा सञ्चालन गरिने भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको हस्ताक्षरसहित जारी गरिएको प्रतिबद्धता पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

प्रतिबद्धता पत्रमा प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हल्दिबारी गाउँपालिकाले लिने उल्लेख गरिएको छ। साथै, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


पत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले हस्ताक्षर गरेका छन् भने हल्दिबारी गाउँपालिकाका तर्फबाट हल्दीबारी गाउँपालिका खेल संयोजक तथा वडा नं ४ का वडाध्यक्ष सन्त कुमार थापा हस्ताक्षर रहेको जनाइएको छ भने मन्तब्य प्रतिबद्धतामा हल्दीबारी वडा न १ का अध्यक्ष देवि ब. थापाले हस्ताक्षर गरेका छन ।

जिल्लास्तरीय खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?