मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, चैत्र १८, २०८२
|
|
२१० हेरिएको
Shares
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु

सारांश

  • सोलुखुम्बु ।
  • सोलुखुम्बु जिल्लाकै पहिलो मनोरञ्जनात्मक र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेचा सल्यान गाउँपालिकाको पहलमा निर्माण गरिएको पहिलो जिप लाइन तथा साइक्लिङ पूर्वाधार अब सञ्चालनमा आउने भएको छ।
  • नेचा सल्यान  गाउँपालिकाको लगानी तथा पहलमा निर्माण गरिएको जिप लाईन तथा साइकेलिङ परियोजनाको सफल परीक्षण सम्पन्न भएको छ भने औपचारिक रूपमा २०८३ साल बैशाख १ गते बाट उदघाटन गरि सञ्चालनमा ल्याउन लागिएको छ ।

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाकै पहिलो मनोरञ्जनात्मक र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेचा सल्यान गाउँपालिकाको पहलमा निर्माण गरिएको पहिलो जिप लाइन तथा साइक्लिङ पूर्वाधार अब सञ्चालनमा आउने भएको छ।

नेचा सल्यान  गाउँपालिकाको लगानी तथा पहलमा निर्माण गरिएको जिप लाईन तथा साइकेलिङ परियोजनाको सफल परीक्षण सम्पन्न भएको छ भने औपचारिक रूपमा २०८३ साल बैशाख १ गते बाट उदघाटन गरि सञ्चालनमा ल्याउन लागिएको छ ।


नवनिर्मित जिप लाइन र साइक्लिङले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ।

यसले सोलुखुम्बुलाई परम्परागत ट्रेकिङ क्षेत्रबाट अघि बढाउँदै मनोरञ्जनात्मक ढङ्गले पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। यसले स्थानीयस्तरमा रोजगारी तथा व्यावसायिक क्षेत्र बाट पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने अपेक्षा समेत गरिएको छ ।

नेचा सल्यान गाउँपालिकाले आगामी दिनमा यस्ता थप पूर्वाधार विस्तार गर्दै उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?