जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
सारांश
- झापा ।
- असार २४ गते जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृतहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
- नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई जिल्ला प्रहरी कार्यालय झापाकी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
झापा । असार २४ गते जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृतहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई जिल्ला प्रहरी कार्यालय झापाकी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उहाँले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई इमान्दारी, अनुशासन र व्यावसायिक दक्षताका साथ उत्कृष्ट रूपमा निर्वाह गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन अवाज्यु, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया