दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
सारांश
- झापा, भद्रपुर।
- झापा उद्योग वाणिज्य संघ जिल्ला समिति झापाको आयोजनामा भद्रपुरमा सञ्चालन हुन लागेको दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ।
- महोत्सव आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका ८ स्थित मेची रंगशालामा आयोजना हुँदैछ।
झापा, भद्रपुर। झापा उद्योग वाणिज्य संघ जिल्ला समिति झापाको आयोजनामा भद्रपुरमा सञ्चालन हुन लागेको दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका ८ स्थित मेची रंगशालामा आयोजना हुँदैछ।

“समृद्धिको आधार, आर्थिक विकास : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवलाई भव्य र सफल बनाउन आयोजकले तयारीलाई तीव्रता दिएको छ। घरेलु उत्पादन, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि महोत्सव स्थलमा एक सयभन्दा बढी स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको जनाइएको छ।

झापा उद्योग वाणिज्य संघ जिल्ला समितिका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा संचालन हुन लागेको महोत्सवले जिल्लाको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ।
महोत्सवले झापाको कृषि, पर्यटन, साथै यस क्षेत्रका आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर हजारौँ दर्शकको सहभागिता रहने र करोडौँ रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेको छ।
प्रतिक्रिया