हल्दीबारी ४ मा बिपन्न घरधुरीलाई निःशुल्क खानेपानी धारा सामग्री वितरण
सारांश
- झापा हल्दीबारी ।
- हल्दीबारी गाउँपालिका वडा नं.
- ४ मा आज हल्दीबारी गाउँपालिकाको आयोजनामा १०० बिपन्न घरधुरी लाई निःशुल्क खानेपानी धारा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
झापा हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं. ४ मा आज हल्दीबारी गाउँपालिकाको आयोजनामा १०० बिपन्न घरधुरी लाई निःशुल्क खानेपानी धारा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय, हल्दीबारी ४, झापाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय नागरिकलाई सुरक्षित र सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ।


कार्यक्रम वडा नं. ४ कार्यालयको सभाहलमा मिति २०८२ साल माघ ४ गते आईतवार सम्पन्न भएको हो। कार्यक्रममा वडा भित्रका आवश्यकतामा परेका घरधुरीहरूलाई खानेपानी धारा जडानका लागि आवश्यक सामग्री निःशुल्क रूपमा वितरण गरिएको हो ।

वडा कार्यालयका अनुसार स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले स्थानीय तहबाट यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडा न ४ का वडा अध्यक्ष सन्त कु थापा , कार्यपालिका सदस्य भागिरथा दाहाल , शान्ता गहतराज लगायत कर्मचारी तथा सर्वसाधारण र उपभोक्ता हरुको उल्लेख्यनिय सहभागिता रहेको थियो।
हल्दीबारी गाउँपालिका झापाले आगामी दिनमा पनि जनजीवन सहज बनाउने खालका विकास तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

हल्दीबारी गाउँपालिका वडा नं ४ वडा अध्यक्ष सन्त कु थापाको आतिथ्यत सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण सचिव , टीका ढकालले गर्नु भएको थियो ।
प्रतिक्रिया