हल्दीबारीमा प्रथम टी-१० वडा स्तरीय लिग कम क्रिकेट
सारांश
- हल्दीबारी ।
- प्रथम हल्दीबारी टी १० वडा स्तरीय लिग कम क्रिकेट प्रतियोगिता २०८२ माघ २० गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ।
- प्रथम पटक हुन लागेको यस प्रतियोगिता हल्दीबारी गाउँपालिका ४ स्थित पाथिभरा खेलमैदानमा सञ्चालन हुनेछ।
हल्दीबारी । प्रथम हल्दीबारी टी १० वडा स्तरीय लिग कम क्रिकेट प्रतियोगिता २०८२ माघ २० गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ। प्रथम पटक हुन लागेको यस प्रतियोगिता हल्दीबारी गाउँपालिका ४ स्थित पाथिभरा खेलमैदानमा सञ्चालन हुनेछ।

हल्दीबारी ४ का वडा अध्यक्ष तथा हल्दीबारी गाउँपालिका खेलकुद संयोजक सन्त कु. थापाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई खेलकुदमा जोड्दै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु हो। “खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टीमवर्कको भावना विकास गर्छ। यस्ता प्रतियोगितामार्फत युवालाई कुलतबाट टाढा राख्दै सकारात्मक उर्जालाई सही दिशामा उपयोग गर्न सकिन्छ,” उनले बताए।
थापाका अनुसार हल्दीबारीमा फुटबलप्रतिको आकर्षणसँगै क्रिकेटप्रेमी युवाहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ। त्यसलाई मध्यनजर गर्दै वडा स्तरीय टी १० लिग आयोजना गरिएको उनले उल्लेख गरे। प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई पहिचान गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा ठूला प्रतियोगिताका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
फुटबल मात्र नभई क्रिकेटप्रेमी युवाहरूका लागि पनि उत्साहजनक वातावरण सिर्जना गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले हल्दीबारीको खेलकुद विकासमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले लिएको छ। स्थानीय युवाको सक्रिय सहभागिताले प्रतियोगिता रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया