बाह्रदशीमा सवारी दुर्घटना हुदा, एकै परिवारका तीन जना घाइते

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
सोमबार, माघ १९, २०८२
|
|
२३९ हेरिएको
Shares
बाह्रदशीमा सवारी दुर्घटना हुदा, एकै परिवारका तीन जना घाइते

सारांश

  • बाह्रदशी झापा ।
  • झापा बाह्रदशी २ स्थित हुलाकी राजमार्गमा हिजो दिउँसो करिब २ बजे रामचोकबाट राजगढ बजार दक्षिणतर्फ जाँदै गरेको मे १ च ३७६६ नम्बरको सामान बोक्ने छोटा हात्तीलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको भारतिय नम्बर प्लेट भएको बीआर ३७ जे ४२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक आपसमा जुधी दुर्घटना भएको थियो ।
  • दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ४ निवासी ४५ वर्षीय मेघराज राजवंशी, पछाडि सवार उनकी श्रीमती ४० वर्षीया नयनसरी राजवंशी र ७ वर्षीया छोरी भावना राजवंशी घाइते भएका छन्।

बाह्रदशी झापा । झापा बाह्रदशी २ स्थित हुलाकी राजमार्गमा हिजो दिउँसो करिब २ बजे रामचोकबाट राजगढ बजार दक्षिणतर्फ जाँदै गरेको मे १ च ३७६६ नम्बरको सामान बोक्ने छोटा हात्तीलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको भारतिय नम्बर प्लेट भएको बीआर ३७ जे ४२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक आपसमा जुधी दुर्घटना भएको थियो ।


दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ४ निवासी ४५ वर्षीय मेघराज राजवंशी, पछाडि सवार उनकी श्रीमती ४० वर्षीया नयनसरी राजवंशी र ७ वर्षीया छोरी भावना राजवंशी घाइते भएका छन्। घाइते तीनै जनालाई तत्काल उपचारको लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो ।


दुर्घटनामा संलग्न दुबै सवारी साधन र छोटा हात्ती चालक हल्दीबारी २ निवासी ३८ वर्षीय रुद्रबहादुर वनलाई इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ भने घाईते हरुको उपचार भईरहेको जनाईएको छ। उक्त  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर – जनक राउत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?