आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, चैत्र ७, २०८१
|
|
९२ हेरिएको
Shares
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

सारांश

  • काठमाडौं, चैत ७ ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ।

काठमाडौं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।

यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हल्दीबारी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न ,
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
हल्दिबारी गाउँपालिकाको सूचना : विद्युतीय सामग्रीको दररेट ७ दिनभित्र पेश गर्नुपर्ने
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
पशुपति मन्दिर परिसरमा प्रहरीको कमान्ड पोस्ट, ६ हजार सुरक्षाकर्मी परिचालन
पशुपति मन्दिर परिसरमा प्रहरीको कमान्ड पोस्ट, ६ हजार सुरक्षाकर्मी परिचालन

तपाईंले छुटाउनुभयो कि?