प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, माघ २९, २०८२
|
|
१२५ हेरिएको
Shares
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई केन्द्रमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै उनले उक्त निर्णयप्रति प्रश्न उठाएका हुन्।
  • सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले प्रशासनको कदमप्रति शंका व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई केन्द्रमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै उनले उक्त निर्णयप्रति प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले प्रशासनको कदमप्रति शंका व्यक्त गरे। उनले सो निषेधाज्ञा चुनावलाई अवरोध हुन नदिनका लागि हो वा स्वयं चुनावी वातावरण प्रभावित पार्ने उद्देश्यले गरिएको हो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। “जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैं विथोल्न खोजिएको हो? यसबारे स्पष्टता आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

लिङ्देनले चुनावको सुरक्षाको नाममा राजनीतिक गतिविधि नियन्त्रण गर्न खोजिएको आरोपसमेत लगाए। उनका अनुसार, कुनै पनि कानुनी व्यवस्था संविधानको भावना विपरीत र शासकको इच्छाअनुसार मात्र लागू गरिन थाले त्यसको वैधता स्वतः कमजोर हुँदै जान्छ। उनले संविधानसम्मत अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न प्रशासनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner

यो पनि पढौँ

singel sidbar banner
singel sidbar banner 2