प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, माघ २९, २०८२
|
|
१७५ हेरिएको
Shares
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई केन्द्रमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै उनले उक्त निर्णयप्रति प्रश्न उठाएका हुन्।
  • सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले प्रशासनको कदमप्रति शंका व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई केन्द्रमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै उनले उक्त निर्णयप्रति प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले प्रशासनको कदमप्रति शंका व्यक्त गरे। उनले सो निषेधाज्ञा चुनावलाई अवरोध हुन नदिनका लागि हो वा स्वयं चुनावी वातावरण प्रभावित पार्ने उद्देश्यले गरिएको हो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। “जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैं विथोल्न खोजिएको हो? यसबारे स्पष्टता आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

लिङ्देनले चुनावको सुरक्षाको नाममा राजनीतिक गतिविधि नियन्त्रण गर्न खोजिएको आरोपसमेत लगाए। उनका अनुसार, कुनै पनि कानुनी व्यवस्था संविधानको भावना विपरीत र शासकको इच्छाअनुसार मात्र लागू गरिन थाले त्यसको वैधता स्वतः कमजोर हुँदै जान्छ। उनले संविधानसम्मत अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न प्रशासनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रवादी जेनजी अगुवाहरूले धाईजनमा युवासँग गरे अन्तरक्रिया कार्यक्रम सम्पन्न
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला

तपाईंले छुटाउनुभयो कि?