पशुपति मन्दिर परिसरमा प्रहरीको कमान्ड पोस्ट, ६ हजार सुरक्षाकर्मी परिचालन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, फाल्गुन ३, २०८२
|
|
१७८ हेरिएको
Shares
पशुपति मन्दिर परिसरमा प्रहरीको कमान्ड पोस्ट, ६ हजार सुरक्षाकर्मी परिचालन

सारांश

  • काठमाडौँ ।
  • पशुपतिनाथ मन्दिर परिसरमा आज महाशिवरात्रि पर्वका अवसरमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।
  • पर्वका दिन करिब सात लाख भक्तजन आउने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष ले दर्शन व्यवस्थापनलाई चुस्त बनाएको जनाएको छ।

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आज महाशिवरात्रि पर्वका अवसरमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। पर्वका दिन करिब सात लाख भक्तजन आउने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष ले दर्शन व्यवस्थापनलाई चुस्त बनाएको जनाएको छ।

ठूलो सङ्ख्यामा दर्शनार्थी सहभागी हुने भएपछि स्थानीय प्रशासनले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

मन्दिर परिसरभित्रै प्रहरीको कमान्ड पोस्ट स्थापना गरिएको छ। सम्भावित भीड व्यवस्थापन, बालबालिका हराउने घटना, चोरी–डकैती तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त पोस्टबाट निगरानी गरिनेछ। कमान्ड पोस्टको नेतृत्व एसपी पवन भट्टराईले गर्ने जनाइएको छ। पशुपति क्षेत्रमा मात्र ३ हजार ७ सय प्रहरी खटाइएको छ भने निर्वाचन सुरक्षामा रहेका प्रहरीलाई समेत परिचालन गरिएको छ।

समग्र सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा काठमाडौँ महानगरपालिका अन्तर्गतका महानगर प्रहरीसहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल लगायतका अधिकारीहरूले स्थलमै पुगेर सुरक्षा तयारीबारे जानकारी लिएका थिए।

दर्शनलाई सहज बनाउन कोषले बिहानैदेखि मन्दिरका चारै वटा ढोका खुला गरेको छ। भक्तजनको सुविधालाई ध्यानमा राख्दै भीड व्यवस्थापन र सुरक्षालाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
गोलधाप बजारमा डेङ्गी रोग बिरुद्द सचेतना साथै लार्भा खोजी नष्ट गर्ने कार्यक्रम सम्पन्न
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि

तपाईंले छुटाउनुभयो कि?