कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गरेको नाराबाजी र प्रदर्शनका कारण काठमाडौँको कान्तिपथ क्षेत्र प्रभावित बनेको छ।
- वैधानिकताको मागसहित शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा भेला भएर प्रदर्शनमा उत्रिएपछि त्यस क्षेत्रको सवारी आवागमनसमेत अवरुद्ध भएको छ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गरेको नाराबाजी र प्रदर्शनका कारण काठमाडौँको कान्तिपथ क्षेत्र प्रभावित बनेको छ। वैधानिकताको मागसहित शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा भेला भएर प्रदर्शनमा उत्रिएपछि त्यस क्षेत्रको सवारी आवागमनसमेत अवरुद्ध भएको छ।
निर्वाचन आयोगको मुख्य गेटमा कांग्रेसका दुवै समूहले आ-आफ्ना मागसहित नाराबाजी गरिरहेका छन्। एक समूहले विशेष महाधिवेशनको विरोध गरिरहेको छ भने अर्को समूहले देउवा पक्षविरुद्ध प्रदर्शन चर्काएको छ। सम्भावित असहज अवस्था नियन्त्रणमा राख्न सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया